नेपाली कांग्रेसले बारा- ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार इच्छाबहादुर वाग्लेमाथि कारबाही गर्ने भएको छ ।
कांग्रेसको केन्द्रीय अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले वाग्लेको क्रियाशील सदस्यता पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् ।
आगामी ४ मंसिरमा हुने निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने उम्मेदवार, प्रस्तावक र समर्थकमाथि कारबाही गर्ने निर्णयअनुसार शुक्रबार कांग्रेसले वाग्लेको क्रियाशील सदस्यता पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको हो ।
कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच वर्षका लागि क्रियाशील सदस्यता हटाइएको जनाएको छ ।





























प्रतिक्रिया