आलेप्रति ओलीको कटाक्षः ‘छाडा बोलेर डोटीकै बेइज्जत गर्नेलाई किन भोट दिने ?’

आलेप्रति ओलीको कटाक्षः ‘छाडा बोलेर डोटीकै बेइज्जत गर्नेलाई किन भोट दिने ?’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छाडा बोलेर डोटी जिल्लाकै बेइज्जत गर्ने नेतालाई भोट नदिन आग्रह गरेका छन् । 

चुनावी सभालाई सम्बोधन गर्ने क्रम डोटी पुगेका अध्यक्ष ओलीले प्रेम आले मगरतर्फ इंकित गर्दै यस्तो छाडा बोल्नेलाई मतदान गरेर फेरि मन्त्री बनाउन नहुने बताएका हुन् । आलेले डोटीको मात्रै नभइ नेपाली संस्कृतिकै बेइज्जत गरेको उनले बताए । 

'मैले सही गरेर उम्मेदवारी दिएको व्यक्तिले डोटीको मात्रै बेइज्जत होइन सिङ्गै डोट्याली भाषा,सभ्यता र संस्कृतिको बेइज्जत गरे । सिङ्गै नेपाली जातिको अन्तर्राष्ट्रियस्तरमा बेइज्जत गरे । मन्त्रीको भाषा हेर्नुभयो ? यस्तो मान्छे यसपटक फेरि खपडाहरू जोडेको पार्टीबाट उम्मेदवार बनेको सुनियो । त्यस्ता विश्वासघाती,पार्टीको माया नगर्ने, विकासको मतलब नभएको र सूर्य चिन्हमा तपाईँहरूले दिएको मत बेच्नेलाई जमानत जफत गराउनुस् ।' उनले भने । 

अध्यक्ष ओलीले नेपाली कांग्रेसको जिन्दगीभर राजनीति गरेका मान्छेलाई पनि डोटीबाट हटाएर कैलाली पुराएको भन्दै त्यस्तो पार्टीलाई भोट नदिइ एमालेलाई दिन आग्रहसमेत गरे ।

Logo