चौधरीलाई लक्षित गर्दै त्रिपाठीले भने- ‘पैसाको बलमा चुनाव जित्न सकिन्न’

चौधरीलाई लक्षित गर्दै त्रिपाठीले भने- ‘पैसाको बलमा चुनाव जित्न सकिन्न’

केन्द्रबिन्दु
0
Shares

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले पैसाको बलमा चुनाव जित्न नसकिने बताएका छन् । 

नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रतापपुर गाउँपालिकाका विभिन्न वडाहरुको संयुक्त कोण सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष त्रिपाठीले मुख्य प्रतिद्धन्द्धी उम्मेदवार उद्योगपति विनोद चौधरीप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । 

आफू देशको हरेक आन्दोलनमा सहभागी भएको बताउँदै उनले प्रवृतिवादी पात्रलाई स्वीकार गर्न नसकिने जिकिर पनि गरे । यसपटकको निर्वाचन नलड्ने मनशाय हुदाँहुँदै पनि अर्बपति चौधरी जस्तो करछली गर्ने उम्मेदवार आफ्नो क्षेत्रमा आएको कारण चुनाव लड्न बाध्य भएको बताए । यस क्षेत्रको स्वाभिमानलाई कहिले झुक्न नदिने भन्दै आफूलाई अन्तिम पटक मतदान गरी विजयी गराउन उनले आग्रह गरे । 

प्रतिनिधिसभा सदस्यका लागी जप्रपा, एमाले र जसपाको तर्फबाट साझा उम्मेदवारसमेत रहेका त्रिपाठीले प्रतिद्धन्द्धी चौधरीलाई पाहुनाको रुपमा मात्र सत्कार गर्न सकिने तर विजयी गराउन नहुने उल्लेख गरे । चौधरीले विभिन्न आश्वासन देखाएर मतदातासंग भोट मागी रहेको आरोप लगाउँदै उनले पैसाको भर उनलाई मत दिन नहुने बताए ।

यदि पैसाको भरमा यस पटक चौधरीले चुनाव जिते भने यस क्षेत्रका नागरिकले पछुताउनु पर्ने अवस्था आउने अध्यक्ष त्रिपाठीको दाबी छ । उनले किसानको उखुको समस्या, केराखेतिको समस्या, बाढीको समस्या, बेरोजगारीको समस्यालाई मध्यनजर गर्दै यी समस्या समाधान गर्नको लागि निर्वाचनमा होमिएको पनि जानकारी गराए । 

त्यसैगरी कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार दिपकराज शर्माले बोराको बोरा नोट लिएर आएको उम्मेदवारलाई जिताउन नहुने भन्दै इमान र स्वाभिमानीलाई ख्याल गरेर मतदान गर्न आह्वान गरे । आफूपनि किसान भएकाले किसानको मुद्धा लिएर जनताको सेवा गर्ने भन्दै एकपटक जिताउन उनले आग्रह गरे । 

Logo