काठमाडौंमा जन्मिएका गगन थापा जन आन्दोलन- २ बाट राजनीतिक वृत्तमा चिनिएका नेपालका राजनीतिज्ञ तथा नेपाली कांग्रेसका नेता हुन् । जो सधैं जनताको सेवामा क्रियाशील रहँदै आएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं.४ बाट आफ्नो उम्मेदवारी दिएका थापा अहिले घर दैलो कार्यक्रममा व्यस्त छन् ।
नेता थापा पूर्व स्वास्थ्य मन्त्री पनि हुन् । संघीय संसदमा प्रतिनिधित्व गरी स्थापित भइसकेका पात्र पनि हुन् उनी । जनताको समस्या समाधानमा सदैब खटिने उनी स्वास्थ्य मन्त्रालयमा गरेका जनमुखी कामका कारण नै चर्चामा छन् ।
नेपालको स्वास्थ्य क्षेत्रको मुहार फेर्न नायकी भूमिकामा अघि बढेका थापा स्वास्थ्य बीमा लागू गरी चर्चाको चुलीमा पुगेका हुन् । विपन्न निःशूल्क उपचारको व्यवस्था समेत उनले नै लागू गरेका थिए । थापाले एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना लागू गरे । मिर्गौला डायलासिस सेवा निशुल्क दिने निर्णयमा पनि थापाको भूमिका उल्लेखनीय रहेको छ ।
थापा जनताले रुचाएका अझ भनौं युवा पंत्तिका ढुकढुकी नै बनेका छन् । उनले २०७४ सालको निर्वाचनमा लोकप्रिय मतसहित प्रतिनिधिसभा प्रवेश गरी जनताको आवाज बुलन्द गरेका छन् ।
वामगठबन्धन भएकै बेला एमाले नेता डा. राजन भट्टाराईलाई ३ हजार भन्दा बढी मतअन्तरले हराए । उनी २१ हजार ५ सय ५८ मतसहित काठमाडौं- ४ बाट विजयी भएका हुन् ।
थापाले संविधान निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले संविधान कार्यान्वयन, जनजीविकाका सवालमा संसदमा निरन्तर आवाज उठाउने र सत्तालाई जहिले घच्घच्याउने काम गर्दै आएका छन् ।
आम जनताको आवाज बन्न सफल भएका उनी फेरि पनि प्रतिनिधिसभामा रहेर जनताका सपनालाई साकार बनाउन सक्रिय रहने इच्छाका साथ चुनावमा होमिएका छन् । आशा गरौं, उनको विजयले काठमाडौं क्षेत्र नम्बर ४ का जनता मात्र होइन, समग्र देशले एउटा योग्य नागरिक जनप्रतिनिधि पाउनेछ ।





























प्रतिक्रिया