उद्योगपति चौधरीकै कारण कांग्रेसका नेता खनालले टिकट पाएनन् -हृदयेश त्रिपाठी

उद्योगपति चौधरीकै कारण कांग्रेसका नेता खनालले टिकट पाएनन् -हृदयेश त्रिपाठी

केन्द्रबिन्दु
0
Shares

पूर्वमन्त्री एवम् जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले आफ्नो निर्वाचन क्षेत्रको लडाँई मुलुकको एक धनाढ्य व्यापारी र राजनीतिककर्मीबीच भएको बताएका छन् । 

चुनावको मिति नजिकिँदै गर्दा मंगलबार नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने सुस्ता गाउँपालिकाका वडाहरुमा आयोजना गरिएको कोणसभा र घरदैलो कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

अध्यक्ष त्रिपाठीले पूरा देशको ध्यानकेन्द्र यसै क्षेत्रमा रहेको भन्दै धनले कि राजनीतिक कार्यकर्ताको बलिदान र त्यागको योगदानले निर्वाचन जितिन्छ भन्ने विषय गम्भिर भएको जिकिर गरे । उद्योगपति चौधरी देशको एक अर्बपति व्यापारी भएपनि कर तिर्ने करदाताको २९औँ सूचिमा मात्र नाम आउने गरेको भन्दै उनले करछली गर्ने गरेको आरोप लगाए । 

यस्तै, अध्यक्ष त्रिपाठीले उद्योगपति चौधरीकै कारण नेपाली काँग्रेसका नेता विक्रम खनालले टिकट नपाएको आरोप लगाए । व्याङ्त्यमक शैलीमा आफु विनोद चौधरीको विरोधी नभएको तर उनको प्रवृति हावीले काँङग्रेस कार्यकर्ताको भविष्य समेत समाप्त हुने उनले दावी गरे । 

यस निर्वाचन क्षेत्रमा जनता प्रगतिशिल पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीको चुनावी तालमेल छ भने कांग्रेसको सत्तापक्ष ५ दलिय गठबन्धन छ । अध्यक्ष त्रिपाठी र उद्योगपति चौधरीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

Logo