२२ मंसिरअघि नै निर्वाचनको नतिजा राष्ट्रपतिलाई बुझाउने आयोगकाे दाबी

२२ मंसिरअघि नै निर्वाचनको नतिजा राष्ट्रपतिलाई बुझाउने आयोगकाे दाबी

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा २२ मंसिर अगावै राष्ट्रपतिलाई बुझाउने दाबी गरेको छ । 

निर्वाचनको स्थिर समय (मौन अवधि) सुरु हुनुभन्दा केही घण्टाअघि बिहीबार अपरान्ह आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर आयोगले ४ मंसिरमा हुने निर्वाचनको सम्पूर्ण नतिजा तीन हप्ता नपुग्दै २२ मंसिर अघि नै राष्ट्रपतिसमक्ष बुझाउने दाबी गरेको हो । 

४ मंसिरमा हुने निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको मतगणना सकेर २२ मंसिर अघि नै राष्ट्रपतिसमक्ष बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । ‘मंसिर ७ गते बेलुकीसम्म प्रत्यक्षतर्फ सबै र त्यसको पाँच दिन भित्रमा समानुपातिकतर्फको सबै मतगणना सक्ने योजना बनाएका छौं,’ उनले भने, ‘हामी मंसिरको २२ गते सम्पूर्ण रिपोर्ट बोकेर राष्ट्रपतिसमक्ष बुझाउन जाने तयारीका साथ लागेका छौं।’ 

साथै उनले सबै मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ हुने र निर्वाचन अधिकृतलाई त्यसबारे कार्ययोजना पठाउने पनि बताए । 

Logo