राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेका छन् ।
आईतवार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट सभापति लामिछानेले मतदान गरेका हुन् । उनले प्रदेश सभा सदस्यामा भने मत खसालेनन् । अहिलेको प्रदेश संरचनालाई नसुधारेसम्म मत आफू सहभागी नहुने उनको भनाइ थियो ।
सभापति लामिछानेले अहिलेको प्रदेश सभा धेरै खर्चिलो र जनमुखी सेवा प्रवाह गर्ने नभएकाले प्रदेश सभामा आफू सहभागी नबनेको बताए । चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार उनले मतदाता नामावलीमा नाम चितवनमा नभएकाले आफूले आफैंलाई मत हाल्न पाएनन् ।
उनले भने- ‘प्रदेश संरचनामा हामीले प्रश्न उठाएका छौँ । हाम्रो चुनाव चिन्ह पनि छैन, हामी सहभागी छैनौँ । खारेजीको कुरा होइन, गरेका छैनौँ तर सुधारौँ । हामीले सोचेजस्तो देश र जनताको हीतमा भए मात्रै हामी सहभागी हुन्छौँ । हामीले जितेमा देश समृद्ध, सुशासन हुनेछ । नागरिकले दुःख पाउने छैनन् । अन्य मुलुकजस्तै यो मुलुक पनि समृद्ध हुनेछ ।’
सभापति लामिछानेले देशलाई आफूले जिते अन्य मुलुकजस्तै समृद्ध बनाउने दाबी गरे ।































प्रतिक्रिया