सिद्धार्थनगर- ११ मा विवाद हुँदा एक जना घाइते

सिद्धार्थनगर- ११ मा विवाद हुँदा एक जना घाइते

केन्द्रबिन्दु
0
Shares

रुपन्देहीको सिद्धार्थनगर-११ मा रहेकाे मतदानस्थल अगाडि विवाद हुँदा एक जना स्थानीय घाइते भएका छन् । सिद्धार्थ नगरपालिका -११ को भुजौलि प्राविमा रहेको मतदान हुँदै गर्दा  स्थानीयबीच  विवाद सृजना भएकाे थियाे । 

सत्ता गठबन्धनका पक्षधरले स्थानीय ३९ वर्षीय तबरेज आलममाथि आक्रमण गरेको स्थानीय सरबर आलमले बताए । उनका अनुसार मुकेश आलम, असाहब आलम र सुभान आलमले तबरेजलाई कुटपिट गरेका हुन् । 

कुटपिटबाट टाउकाे चाेट लागेकाेपछि तबरेजकाे भैरहवास्थित मेडिकल कलेजमा उपचाररत भइरहेकाे छ। विवादकाे कारण मतदान केन्द्रमा खटिएको एक प्रहरी स्थानीय रहेकाे थिए । उनलाई नै हटाइएपछि अवस्था सामान्य भएकाे थियाे ।

Logo