निर्वाचन आयोगले आज राति ७ः५० मा पत्रकार सम्मेलन गर्ने

निर्वाचन आयोगले आज राति ७ः५० मा पत्रकार सम्मेलन गर्ने

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले आइतबार राति ७:५० बजे पत्रकार सम्मेलन गर्ने भएको छ । 

आइतबार देशभर भएका प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान साँझ ५ बजे सकिएसँगै यसबारे विस्तृत जानकारी दिन आयोगले पत्रकार सम्मेलन गर्न लागेको हो ।

आयोगका अनुसार आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेदेखि सकिए पनि मतदानस्थलभित्र पसेकाहरूले भने त्यसपछि पनि मत खसाल्न पाउने छन् ।  छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको आयोगले जनाएको छ ।

Logo