नेकपा विवाद : दुई अध्यक्षबीच भेटवार्ता सकियो, वार्ता सहमति उन्मुख

नेकपा विवाद : दुई अध्यक्षबीच भेटवार्ता सकियो, वार्ता सहमति उन्मुख

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपाका दुई अध्यक्षबीच आज भेटवार्ता भएको छ । आगामी ५ दिनभित्र समस्या समाधान गर्ने गरि आजको वार्ता केहीबेर अघि सकिएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । करिव १ हप्तापछि उनीहरुबीच आज भेटवार्ता भएको हो । आज करिव ४ घण्टा चलेको वार्ता सहमति उन्मुख रहेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार नेकपाको विवाद पाँच दिनभित्र समाधान हुने बताएका थिए । यस लगत्तै आज प्रचण्ड बालुवाटार पुग्नुलाई महत्वका साथ हेरिएको छ । लामो समयदेखि नेकपाभित्रको आन्तरिक विवादले स्थायी कमिटी बैठक प्रभावित हुँदै आएको छ ।

शुक्रबार फेरि छलफलमा बस्ने गरी आजको वार्ता सकिएको हो ।

Logo