मनाङबाट प्रतिनिधिसभामा कांग्रेसका गुरुङ निर्वाचित

मनाङबाट प्रतिनिधिसभामा कांग्रेसका गुरुङ निर्वाचित

केन्द्रबिन्दु
0
Shares

मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । उनी नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् ।

टेकबहादुरले २ हजार ५ सय ७५ मत पाउँदा पोल्देनले  २ हजार २ सय ४७ मत मात्रै पाए । 

यसअघि प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसकै मुनिन्द्रजङ गुरुङ निर्वाचित भइसकेका छन् । यस्तै, प्रदेश सभा ‘ख’ मा स्ततन्त्र उम्मेदवार राजिव गुरुङ (दिपक मनाङे) निर्विरोध भएका थिए ।

प्रतिनिधिसभामा यो कांग्रेसको दोस्रो जित हो । यसअघि कांग्रेसले मुस्ताङमा क्लिन स्विप गरेको थियो । 

Logo