काठमाडौं–३ (१) मा कांग्रेसका छिरिङ लामा निर्वाचित

काठमाडौं–३ (१) मा कांग्रेसका छिरिङ लामा निर्वाचित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

गएराति सम्पन्न मतगणनामा लामा फराकिलो मतान्तरले विजयी भएका छन् । लामाले निकटतम प्रतिद्वन्द्वी राप्रपाका चुण्डी लामालाई २,२८२ मतान्तरले पछि पार्दै वाग्मती प्रदेशसभा सदस्यामा निर्वाचित भएका हुन् । छिरिङले ४,५५८ मत प्राप्त गरेका छन् भने चुण्डीले २,२७६ मत पाएका छन् ।

प्रदेशसभातर्फको निर्वाचनमा एमालेका उम्मेदवार चन्द्रमान लामा भने १, ४१५ मत प्राप्त गर्दै तेस्रो भएका छन् । यसक्षेत्रमा गठबन्धन नगरेको माओवादीका उम्मेदवार कपिलमुनी उप्रेतीले ३६६ मतसहित चौथो भएका छन् ।

Skip This
Skip This
Logo