ललितपुर–१ः कांग्रेसका राणाले एमालेका सिलवाललाई पछि पारे

ललितपुर–१ः कांग्रेसका राणाले एमालेका सिलवाललाई पछि पारे

केन्द्रबिन्दु
0
Shares

ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जवरा अग्र स्थानमा रहेका छन् । 

निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा उनले ११ हजार सात सय ३९ मत प्राप्त गरेका छन् । यता, पाँच सय ८५ मतले दोस्रो स्थानमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवराज सिलवालले ११ हजार एक सय ५४ मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले एक हजार सात सय ३४ मत प्राप्त गरे । ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की अग्र स्थानमा छिन् ।

निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनले पछिल्लो मतगणनामा चार हजार नौ सय १० मत प्राप्त गरेका छन् । नेकपाका अमृत खड्काले तीन हजार आठ सय ४५ मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले दुई हजार दुई सय २८ मत प्राप्त गरेकी छन् । कूल ११ हजार आठ सय ७७ मतगणना हुँदा चार सय ३३ मत बदर भएको छ । 

Logo