काठमाडौँ- १० मा केसीको अग्रता

काठमाडौँ- १० मा केसीको अग्रता

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार राजन केसीको अग्रता कायम छ ।

कीर्तिपुर नगरपालिकाको १ देखि १० वडासम्मको मतगणना गर्दा पछिल्लो मतपरिणामअनुसार २० हजार नौ सय ५३ मतगणना हुँदा कांग्रेसका केसीले छ हजार ६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले चार हजार एक सय ३१ मत प्राप्त गरेका छन् ।
 
नेकपा (एमाले) का हिमेश केसीले तीन हजार ६ सय दुई मत ल्याएका छन् । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अन्जना विसङ्खेले दुई हजार दुई सय चार मत प्राप्त गरेका छन् । मतगणना जारी छ । हालसम्म गणना भएको मतमध्ये आठ सय ६६ मत बदर भएको छ ।

Logo