अग्रता बढाउँदै प्रधानमन्त्री देउवा

अग्रता बढाउँदै प्रधानमन्त्री देउवा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अग्रता बढाइरहेका छन् ।

डडेल्धुरामा २३ हजार ३६१ मत गणना हुँदासम्म प्रधानमन्त्री देउवाले ११ हजार ५५४ मत पाएका छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन् । ढकालको मत ६ हजार १०५ छ । यहाँ कांग्रेस बीपीका कर्णबहादुर मल्ल ३ हजार २९५ मतसहित तेस्रो स्थानमा छन् ।

देउवालाई सत्ता गठबन्धन अन्तर्गत माओवादीको साथ हुँदा मल्ललाई एमाले र नेकपा एसको साथ छ ।

Logo