भक्तपुर–१ मा नेमकिपाका प्रेम सुवाल विजयी

भक्तपुर–१ मा नेमकिपाका प्रेम सुवाल विजयी

केन्द्रबिन्दु
0
Shares

भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार प्रेम सुवाल पुनः विजयी भएका छन् ।

छिल्लो परिणाममा सुवालले ४२ हजारभन्दा बढी मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ८३४ र राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले ९ हजार २२२ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार १६५ मत पाएका छन् । निर्वाचन आयोगले नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको छ ।

Skip This
Skip This
Logo