खोटाङमा नेकपा माओवादी केन्द्रका रामकुमार राई विजयी भएका छन्। नेकपा एमालेका विशाल भट्टराईलाई पछि पार्दै राई निर्वाचित भएका हुन् ।
अन्तिम मत परिणामअनुसार राईले ३१ हजार ३५१ मत पाएका छन् भने भट्टराईको २८ हजार ६८२ मत ल्याएका छन् ।साथै जनता समाजवादी पार्टीका कृष्णकुमार राईले एक हजार ९१४ मत, राप्रपाका सर्जु श्रेष्ठले एक हजार ७१६ मत तथा स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईले २३९ मत पाएका छन् ।
यद्यपी निर्वाचन आयोगबाट औपचारीक घोषणा हुन भने बाँकी छ । राईलाई सत्ता गठबन्धनको समर्थन रहेको थियो । यसअघिको निर्वाचनमा खोटाङबाट एमालेका भट्टराई नै निर्वाचित भएका थिए।





























प्रतिक्रिया