विवादित तीन क्षेत्रमा अझै गणना हुन सकेन

विवादित तीन क्षेत्रमा अझै गणना हुन सकेन

केन्द्रबिन्दु
0
Shares

आमनिर्वाचन २०७९ अन्तर्गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना अझै तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा हुन बाँकी छ । बाजुरा, स्याङ्जा र दोलखाका तीन निर्वाचन क्षेत्रमा मतगणना हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचनका बारेमा उठेका प्रश्नको निरुपणका लागि अनुसन्धान भइरहेकाले ती क्षेत्रमा मतगणनामा ढिलाइ भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचनमा सत्तापक्षबाट धाँधली भएको भन्दै प्रतिपक्षी नेकपा एमालेलगायत दलहरुले पुन मतदानको माग सहित मतगणना अघि बढ्न दिएका छैनन् । 

अहिले कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ६२ स्थानमा मतगणना जारी छ ।

Logo