प्रत्यक्षतर्फ कांग्रेस महिला निल

प्रत्यक्षतर्फ कांग्रेस महिला निल

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली काँग्रेसले १ जनापनि महिला जिताउन सकेको छैन । मतगणना जारी रहँदा प्रत्यक्षतर्फको १६५ सिटमध्येबाट काँग्रेस बाहेकका दलबाट ७ जनामात्र महिलाले चुनाव जित्न सफल भएका छन् । 

आमनिर्वाचनमा प्रत्यक्षतर्फ ९.३३ प्रतिशत मात्रै महिला उम्मेदवार रहेका थिए । अहिलेसम्म नेपाली काँग्रेसबाट कोही पनि विजय भएका छैनन् । काँग्रेसले ५ महिला उम्मेदवार उठाएको थियो । त्यसैगरी एकीकृत समाजवादीबाट पनि महिला उम्मेदवार निर्वाचित भएका छैनन् । अहिलेसम्म एमालेबाट जुलीकुमारी महतो, विद्या भट्टराई र ज्वाला कुमारी साहले मात्र चुनाव जितेका छन् । त्यसैगरी माओवादी केन्द्रबाट रेखा शर्माले मात्र चुनाव जितेकी छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट डा तोसिमा कार्की र सोविता गौतम विजयी भएका छन् । यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ विजयी भएकी छिन् । संसदमा ३३ प्रतिशत महिला पुर्याउनुपर्ने व्यवस्था भएपनि प्रत्यक्षतर्फ महिलाको जित कम हुने गरेको छ । यसलाई समानुपातिकबाट पूर्ति गर्ने गरिएको छ ।

Skip This
Skip This
Logo