सर्लाही प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्रराय यादव विजयी भएका छन्।
यादवले प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई हराउँदै यस क्षेत्रबाट लागातार तेस्रोपटक विजयी भएका हुन् । यादवले २३५२९ मत ल्याएका छन् भने महतोले २१५१६ मत ल्याए । साथै तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार राजनारायण साहले १४ हजार ८१९ मत पाए ।
यादव र महतो दुवै सत्ता गठबन्धनमै भए पनि मित्रवत् प्रतिस्पर्धामा उत्रेका थिए । अन्ततः यादवले बाजी मारे ।





























प्रतिक्रिया