एमालेका अध्यक्ष ओली र नेता सिंहबीच भेटवार्ता

एमालेका अध्यक्ष ओली र नेता सिंहबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस नेता प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । 

आइतबार बालकोटमा भएको भेटवार्तामा दुई नेताबीच आपसमा चुनाव जितेकोमा बधाई साटासाट भएको छ । सो क्रममा समसामायिक राजनीतिक तथा चुनावी नतिजाबारे पनि छलफल भएको सिंहक सचिवालयले जनाएको छ । 

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मत परिणाम आइरहेको र सरकार गठनको चासो बढिरहँदा ओली र सिंहबीचको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

Logo