उद्योगपति एवं नवनिर्वाचित सांसद विनोदकुमार चौधरीले पार्टी महासचिव गगन थापालाई कार्बाही गर्न सभापति समक्ष उजुरी गरेको भन्ने गलत समाचार प्रकाशित भएकोप्रति दुखेसो गरेका छन् ।
राजधानीबाट प्रकाशित एक अनलाइनमा चुनावका क्रममा महामन्त्री थापाले स्वतन्त्र उम्मेदवारलाई सघाएको भन्ने समाचार आएपछि सांसद चौधरीले खण्डन गरेका हुन् ।
सामाजिक सञ्चालमार्फत उनले समाचारप्रति असहमति जनाएका हुन् । उनले भनेका छन्, " महामन्त्री गगन थापालाई कार्बाही गर्न माग गरेको जस्ता समाचार पूर्णतया मनगणन्ते हुन । कपोलकल्पित समाचार लेखेर नेताहरुबीच फाटो ल्याउन चाहने यस्ता प्रवृत्तिप्रति सचेत रहन आग्रह गर्दछु ।"
उद्योगपति चौधरी नवलपरासी पश्चिम–१ बाट नेपाली काँग्रेसको उम्मेदवारको रुपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । चौधरीविरुद्ध स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरी उम्मेदवार थिए । चौधरी २९ हजार ५ सय १९ मतसहित विजयी भएका हुनभने स्वतन्त्र उम्मेदवार ठकुरीले १२ हजार ४ सय ९९ मत मत सहित तेस्रो स्थानमा आएका थिए । दोस्रोमा जनता प्रगतिशील पार्टीमा हृदयेश त्रिपाठीले २२ हजार ३ सय २८ मत प्राप्त गरेका थिए ।
आम निर्वाचन २०७९ मा देशैभर रवि लामिछाने नेतृत्वको रास्वपासँग महामन्त्री थापाको साँठगाँठ रहेको चर्चा भने धेरै ठाउँमा सुनिन थालेको छ ।































प्रतिक्रिया