समानुपातिकतर्फ ९७ लाख २३ हजार मत गनियो, कुन दलले कति पाए ?

समानुपातिकतर्फ ९७ लाख २३ हजार मत गनियो, कुन दलले कति पाए ?

केन्द्रबिन्दु
0
Shares

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ पछिल्लो मतगणनाअनुसार कुल ९७ लाख २३ हजार मत गणना सकिएको छ । मतगणना तथ्यांकअनुसार एमाले पहिलो स्थानमा छ । उसले २६ लाख २२ हजार मत ल्याएको छ ।

२४ लाख ७९ हजार मतसहित कांग्रेस दोस्रो स्थानमा छ । माओवादी केन्द्र तेस्रो दल बनेको छ । माओवादीले ११ लाख २३ हजार मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८२ हजार मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । 

साथै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पाँच लाख ५६ हजार, जनता समाजवादी पार्टीले तीन लाख ७०  हजार मत ल्याएको छ । 

जनमत पार्टीले तीन लाख २० हजार मत, एकीकृत समाजवादीले दुई लाख ७१ हजार मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४५ हजार मत, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ३९ हजार, नेपाल मजदुर किसान पार्टीले ७३ हजार, हाम्रो नेपाली पार्टीले ५३ हजार, मंगाेल नेसनल अर्गनाइजेसनले ४७ हजार  र राष्ट्रिय जनमोर्चाले ४५ हजार मत प्राप्त गरेका छन् ।   

Skip This
Skip This
Logo