सुकुम्वासीमाथि बल प्रयोग अनुचित, सत्ताको उन्माद देखाइयो -अध्यक्ष ओली

सुकुम्वासीमाथि बल प्रयोग अनुचित, सत्ताको उन्माद देखाइयो -अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु उचित नभएको बताएका छन्  । मंगलबार च्यासलस्थित पार्टी निकट सांस्कृतिक संघद्वारा आयोजित बधाई कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  

अध्यक्ष ओलीले फुसका छाप्रा भत्काउन काठमाडौं महानगरपालिकाले डोजर प्रयोग गरेकोप्रति कटाक्ष गर्दै भूमि आयोगको कामबारे पनि प्रश्न उठाए । ‘फुसका छाप्रा भत्काउन डोजर प्रयोग गरिएको छ। पक्की भवन भत्काउन हो र? त्यहाँ अशक्त होलान्, बालबच्चा होलान्। सुकुम्बासी हाम्रा शत्रु होइनन्। डोजर लगाएर त्यहाँ सत्ताको उन्माद देखाइयो।’ उनले भने । 

अध्यक्ष ओलीले सुकुम्बासीमाथि गरिएको व्यवहार लोकतान्त्रिक आचारणअनुसार नभएको बताए । साथै उनले नेपाल प्राकृतिक र भौगोलिक रूपमा समेत विविध रहेको बताउँदै संस्कृति समेत संसारकै उत्कृष्ट रहेको पनि उल्लेख गरे । 

Logo