रसफोर्ड चम्कदा इंग्ल्यान्ड अन्तिम १६ मा

रसफोर्ड चम्कदा इंग्ल्यान्ड अन्तिम १६ मा

केन्द्रबिन्दु
0
Shares

मार्कुस रसफोर्ड चम्किएको खेलमा वेल्सलाई ३–० अन्तरले पराजित गर्दै इंग्ल्यान्ड कतार फिफा विश्वकप २०२२ को अन्तिम १६ मा स्थान बनाएको छ । 

मंगलबार राति प्राप्त जितसँगै इंग्ल्यान्ड समूह ‘बी’को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेर शीर्ष स्थान रह्यो । वेल्स भने १ अंक जोडेर पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ । यसैसमूहबाट अमेरिका उपविजेता बन्यो । इंग्ल्यान्डलाई जित दिलाउन मार्कुस रसफोर्डले दुई गोल गरेका थिए ।

यसैगरी फिल फोडेनको नाममा एक गोल रह्यो । खेलको ५०औं मिनेटमा रसफोर्डले फ्रिकिकमा गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । ५२औं मिनेटमा कप्तान ह्यारी केनको पासमा उपलब्ध सदुपयोग गर्दै फोडेनले गोल गरे । ६८ औं मिनेटमा रसफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डको जित सुनिश्चित गरेका थिए । 
 

Logo