सुनसरी- ४ मा नेपाली कांग्रेसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । तर, मतान्तर भने गुमाउँदै गएका छन् ।
पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको समेत समर्थन रहेको कार्कीलाई निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले कडा टक्कर लागेको छ । कार्की ले २७ हजार ४७४ मत पाएका छन् भने कुसियैतले २७ हजार ४१७ मत ल्याएका छन् । उनीहरुबीचको मत अन्तर ५७ मात्रै रहेको छ ।
यसअघि यस क्षेत्रमा कांग्रेसले धाँधली भएको आरोप लगाएपछि एक दिन मतगणना नै स्थगित भएको थियो । त्यसपछि निर्वाचन आयोगको निर्देशनमा पुनः गणना सुरु भएको हो ।





























प्रतिक्रिया