विश्वमा आज (अगस्ट १२) अन्तर्राष्ट्रिय युवा दिवस मनाइंदै छ  । नेपालमा पनि ‘विश्व अभियानका लागि युवा सहभागिता  रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने नाराका साथ यो दिवस मनादैछ । "/>

जनार्दन शर्माको स्टाटस- ‘युवाहरू एक्सिलेटर, बुढाहरु ब्रेक !’

जनार्दन शर्माको स्टाटस- ‘युवाहरू एक्सिलेटर, बुढाहरु ब्रेक !’

केन्द्रबिन्दु
0
Shares

विश्वमा आज (अगस्ट १२) अन्तर्राष्ट्रिय युवा दिवस मनाइंदै छ  । नेपालमा पनि ‘विश्व अभियानका लागि युवा सहभागिता  रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने नाराका साथ यो दिवस मनादैछ ।

यस वर्ष कोरोना भाइरसका कारणले दिवस भर्चुअल रूपमा कार्यक्रम गरी मनाउन थालिएको हो । राष्ट्रिय युवा परिषद्को आयोजनामा भर्चुअल रूपमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न कार्यक्रमको उद्घाटन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका छ । दिवसकै अवसरमा युवा नेतृत्वमा विकास गर्नका लागि राष्ट्रिय परिषद्ले एक हप्तादेखि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो ।

दिवसक अवसरमा पूर्व गृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्माले रोचक स्टाटस सामाजिक संजाल फेसबुकमा लेखेका छन् । उनले समाजलाई एउटा गाडी ठान्ने हो भने त्यसको गति बढाउने युवाहरू एक्सिलेटर र बुढाहरु ब्रेक भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्- ‘समाजलाई एउटा गाडी ठान्ने हो भने त्यसको गति बढाउने युवाहरू एक्सिलेटर हुन अनि बुढाहरु ब्रेक ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवाबहुल जनसंख्या भएको देशका युवाहरू अब राष्ट्र निर्माणमा जुटौं ।’

Logo