शंकर पोखरेल भन्छन्, ‘स्याङ्जा र बाजुरामा सत्तापक्षले गरेको धाँधलीलाई आयोगले वैधता दियो’

शंकर पोखरेल भन्छन्, ‘स्याङ्जा र बाजुरामा सत्तापक्षले गरेको धाँधलीलाई आयोगले वैधता दियो’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको आरोप लगाएका छन् । 

पोखरेलले सामाजिक सञ्जालमार्फत सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँधलीलाई आयोगले वैधता दिएर चिन्ता बढाएको आरोप लगाएको हो । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘स्याङजा  र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’

Logo