बाजुरामा मतगणना सुरु

बाजुरामा मतगणना सुरु

केन्द्रबिन्दु
0
Shares

निर्वाचन सम्पन्न भएको ११ दिनपछि बाजुरामा मतगणना सुरु भएको छ । 

एमाले र कांग्रेसबीच विवादका कारण बाजुराको मतगणना रोकिएको थियो । विवादका कारण बुढीनन्दा नगरपालिकामा मतदान स्थगित भएको थियो । १० मंसिरमै पुनः मतदान भए पनि गणना भएको भने थिएन । बुधबार निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान गर्नु नपर्ने निर्णय गर्दै मतगणना अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

स्याङ्जा- २ मा बुधबार रातिदेखि नै मतगणना जारी छ । तर बाजुरामा एमालेका प्रतिनिधि सर्वदलीय बैठकमा उपस्थित नभएपछि बिहीबार बिहानका लागि बैठक सारिएको थियो । बिहान बसेको सर्वदलीय बैठकले दिउँसो साढे ३ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो । साेही अनुसार मतगणना सुरु भएकाे निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

बाजुरामा कांग्रेसबाट सहमहामन्त्री बद्री पाण्डे र एमालेका कर्णबहादुर थापाबीच प्रतिस्पर्धा हुँदैछ ।

Logo