दोलखामा एमालेका सिवाकोटीलाई पराजित गर्दै माओवादीका कार्की विजयी

दोलखामा एमालेका सिवाकोटीलाई पराजित गर्दै माओवादीका कार्की विजयी

केन्द्रबिन्दु
0
Shares

दोलखाको प्रतिनिधिसभा निर्वाचनमा सत्तागठबन्धन (माओवादी केन्द्र) का  उम्मेदवार गंगा कार्की विजयी भएका छन् । 

एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीलाई झोनो मतान्तरले पराजित गर्दै कार्कीले जित निकालेका हुन् । संघमा एकमात्र निर्वाचन क्षेत्र रहेको दोलखामा कार्कीले सिवाकोटीलाई ३१७ मतान्तरले पराजित गरेका हुन् । कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी सिवाकोटीले ३६ हजार ४ सय ८२ मत प्राप्त गरे । ​

यद्यपी यसको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । दोलखाका प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले प्रतिनिधिसभा तर्फको मतगणना सकिएको र रुजु गर्ने कार्य भइरहेको जानकारी दिए । श्रेष्ठका अनुसार अहिले घोषणा भने भएको छैन तर गणनाचाँहि सकिएको छ । दोलखामा कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । 

कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो । त्यहाँ ३ हजार ४ सय ७९ मत बदर भएको छ । दोलखा प्रदेशसभा १ मा कांग्रेस उम्मेदवार कुन्दनराज काफ्ले र प्रदेशसभा–२ मा नेकपा एमालेका भरत केसी विजयी भएका छन् ।

Logo