निर्वाचनपछि बालुवाटारमा पहिलाेपटक छलफलमा जुटे गठबन्धनका शीर्ष नेता

निर्वाचनपछि बालुवाटारमा पहिलाेपटक छलफलमा जुटे गठबन्धनका शीर्ष नेता

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनमा आवद्ध दलहरुका शीर्ष नेताहरू बालुवाटारमा छलफलमा जुटेका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि गठबन्धनको पहिलो बैठक बसेको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा आम निर्वाचनको समीक्षा र सरकार गठनबारे छलफल हुँदैछ । निर्वाचनको अन्तिम नतिजा नआइसकेकाले सरकार गठनबारे संवादहरू जारी रहेको र चुनावपछिको राजनीतिक परिदृश्यमा छलफल केन्द्रीत हुने नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका साथै रामचन्द्र पौडेल, पुर्णबहादुर खड्का,नारायणकाजी श्रेष्ठलगायत नेताहरु सहभागी छन् ।

प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सबै क्षेत्रको नतिजा आइसकेको अवस्थामा गठबन्धनमा आवद्ध दलहरुमध्ये नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ।  १६५ मध्ये कांग्रेसले ५७ क्षेत्रमा जित हात पारेको छ । साथै माओवादी केन्द्रले १८ सिट जितेको छ भने नेकपा (एकीकृत समाजवादी)ले १० सिट, लोसपाले ४ सिट र राष्ट्रिय जनमोर्चाले एक सिटमा जित हासिल गरेको छ । 

Logo