गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङउर्फ दिपक मनाङेले अन्य प्रदेशको भन्दा बढी काम गरेको दाबी गरेका छन् ।
नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि मंगलबार काठमाडौंको तिनकुनेस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश मन्त्री गुरुङले आफूले विकासका सबै काम सुनेर मानिस ढल्ने बताए । खासगरी खेलकुद मैदान निर्माणमा उनले धेरै काम गरेको दावी गरे । राष्ट्रिय खेलकुद प्रतियोगितालाई सम्पन्न गराउन आफूले मन्त्रीको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।
साथै मन्त्री गुरुङले राजनीतिमा आफूले धेरै सिकिसकेको र गण्डकी प्रदेशमा गठबन्धनको सरकार बन्ने भएकाले मन्त्री बन्न आफूलाई कसैले पनि सिफारिस गर्नु नपर्ने दावी गरे ।





























प्रतिक्रिया