नेपाली कांग्रेसलाई समानुपातिकतर्फका सांसद्को नाम टुंगो लगाउन सकस परेको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक निष्कर्षबिहीन भएको हो ।
बैठकले प्रस्तावित नामहरूमा सहमति नजुटेपछि पार्टी सभापति शेरबहादुर देउवालाई नै नाम टुङ्गो लगाउन जिम्मेवारी दिएको छ । कांग्रेसले समानुपातिकतर्फ ३२ सांसद पाएको छ । जसमा निर्वाचन आयोगले २९ जना महिला र तीनजना पुरुष सांसद पठाउन सूचित गरिसकेको छ । तर, समानुपातिक पद्धतिबाट चयन गर्नुपर्ने तीन जना पुरुषका लागि धेरै जनाको दावी रहेपछि नाम टुंगो लगाउन सकस परेको हो ।
यसैबीच केन्द्रीय कार्यसम्पादन समितिमा प्राप्त सुझावका आधारमा सांसद्को सुचीलाई अन्तिम रूप दिन सभापति देउवाले बालुवाटारमा पदाधिकारी बैठक बोलाएका छन्। अब बैठकले नै सांसद चयन गर्ने बताइएकाे छ ।
प्रतिक्रिया