कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद, को-को परे ?

कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद, को-को परे ?

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फका ३२ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।
 
शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले पदाधिकारीसँगको छलफलपछि समानुपातिक सांसदको सुचीलाई अन्तिम रुप दिएका हुन् । ३२ मध्ये २९ जना महिला रहेका छन् भने पुरुष तीन जना मात्रै रहेका छन्।  जसमा विमलेन्द्र निधि, जीवन परियार र डा. प्रकाशशरण महत चयन भएका छन् ।

आदिवासी जनजातितर्फ-

  • सरस्वती बजिमय
  • लिलादेवी बोखिम
  • सिता कुमारी राना
  • सुशीला थिङ
  • सपना राजभण्डारी
  • माया राई
  • कुसुम थापामगर
  • मनोरमा सेरचन

खस आर्यतर्फ

  • अम्बिका बस्नेत
  • सरिता प्रसाईं
  • आरजु राणा देउवा
  • ईश्वरी न्यौपाने
  • प्रतिमा गौतम
  • मञ्जु खाँण
  • रमा कोइराला पौडेल
  • कान्तिका सेजुवाल
  • मैना रावल कार्की
  • प्रकाशशरण महत

मधेशीतर्फ

  • नागिना यादव
  • मुक्ता कुमारी यादव
  • चन्दा चौधरी
  • संगिता मण्डल
  • निनुकुमारी कर्ण
  • विमलेन्द्र निधि

दलिततर्फ

  • शान्ति विक
  • रुपा विक
  • सीता मिजार
  • आशा विक
  • जीवन परियार

थारुतर्फ

  • कल्पना चौधरी
  • विना कुमारी थनेत

मुस्लिम तर्फ

  • जावेदा खातुन् जागा

Logo