‘निर्वाचनमा समानुपातिक समावेशिताको विषय कानूनी विषय मात्रै बन्नु दुखद्’

‘निर्वाचनमा समानुपातिक समावेशिताको विषय कानूनी विषय मात्रै बन्नु दुखद्’

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनमा समानुपातिक समावेशिताको विषय कानूनी र प्राविधिक विषय मात्रै बन्नु दुखद् भएको बताएको छ । शनिवार ७४औँ राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोगले यस्तो बताएको हो ।

आयोगले समावेशितालाई संविधानअनुसार अंगीकार गरी कार्यान्वयनमा ल्याउनु सरकार, राजनीतिक दल र सबै सरोकारवालाहरुको दायित्व भएको आयोगका अध्यक्ष तपबहादुर मगरले बताए । उनले लैङ्गिक हिंसा, जातिय विभेद तथा छुवाछुतका घटनाहरुमा पीडितको न्यायमा सहज पहुँच हुन नसकेको बताए । 

अध्यक्ष मगरले फौजदारी कसुरका आरोपी तथा पुर्पक्षमा रहेका व्यत्तिः र आयोगले मानव अधिकार उल्लंघनमा दोषी भनि कारबाहीको लागि सिफारिस गरेका व्यक्तिलाईसमेत राजनीतिक दलहरुले उम्मेदवार बनाउने अवस्थाले विधिको शासन र मानव अधिकारका मूल्य, मान्यता र संस्कृति निर्माणमा चुनौती थपेको बताए । नेपालको संविधानले परिकल्पना गरेबमोजिम समानुपातिक र समावेशी सिद्धान्तको आधारमा समतामुलक समाजको निर्माण गरी मानव अधिकार उपभोगको वातावरण बनाउन, लक्षित तथा सिमान्तकृत वर्गको मानव अधिकारको सुनिश्चितता गर्ने, गराउने कार्यमा उपलब्धिहरु हासिल गर्न राज्यका सबै अंगहरुको मानव अधिकारप्रतिको बुझाइमा एकरुपता र प्रतिवद्धता सहितको सक्रियता र परिचलन आवश्यक रहेको उनले बताए । 

उनले संवैधानिक प्रावधान र सर्वोच्च अदालतको आदेशका बाबजुद आयोगले दोषीलाई मुद्दा चलाउनु भनि गरिएका सिफारिस कार्यान्वयन गर्न प्रस्ट कानूनी व्यवस्था हुन नसक्नु चुनौतिको विषय रहेको बताए । उनले राष्ट्रिय मानव अधिकार आयोग एैन, २०६८ नेपालको संविधान अनुकुल हुनेगरी संशोधन हुन नसकेको पनि बताए । 
 
अध्यक्ष मगरले गत वर्षको मानव अधिकार अवस्था भन्दा यस वर्ष मानव अधिकार अवस्थामा केही सुधार भएको बताए । 

आयोगले ५०३ उजुरीमाथि अनुसन्धान सम्पन्न गरी ४१४ वटा उजुरीमा निर्णय गरेको जनाएको छ । जसमध्ये, राहत, क्षतिपूर्ति र कारबाहीको लागि ९२ उजुरी सिफारिस भएका छन् । ५ जना व्यक्तिलाई मानव अधिकार उल्लंघनमा दोषी ठहर गरिएको जनाएको छ । त्यस्तै नीतिगत सिफारिस ६ वटा रहेका छन् । सिफारिस कार्यान्वयनको अवस्था हाल १५.३ प्रतिशत पूर्ण, ३९.२ प्रतिशत आंशिक र कार्यान्वयन हुन नसकेको ४५.५ प्रतिशत रहेको आयोगले जनाएको छ । 

आयोगको कर्मचारीहरुको सेवा, शर्त र सुविधा सम्बन्धी ऐन जारी हुन नसक्नु र आयोगको सांगठनिक संरचना नेपाल सरकारबाट हालसम्म पनि स्वीकृत हुन नसक्दा कर्मचारीहरुको वृत्ति विकास र सेवा, सुविधा प्रभावित बने जोखिम रहेको बताएको छ ।  

Skip This
Skip This
Logo