वाणिज्य विभागमा नयाँ फर्म दर्ता बन्द

वाणिज्य विभागमा नयाँ फर्म दर्ता बन्द


काठमाडौं ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले नयाँ फर्म दर्ता र अत्यावश्यकबाहेकका आयात इजाजत सिफारिस दिने सेवा स्थगन तथा विभागद्वारा दिने अन्य केही सेवाहरुलाई पनि कटौती गरिएको छ ।

पछिल्लो समय कोभिड १९ संक्रमणको जोखिम झनै बढेको अवस्थामा कार्यालयमा सेवाग्राहीको भिड लाग्न थालेको भन्दै ती सेवाहरु भदौ ८ सम्मका लागि स्थगन गरिएको विभागले जनाएको छ ।

विभागद्वारा जारी सूचनामा ‘नयाँ प्राइभेट फर्म र साझेदारी फर्म दर्ता, अत्याश्यकबाहेक अन्य व्यापारमुलक प्रकृति भएका प्राइभेट कम्पनीको इजाजत सेवा स्थगन गरिएको बारे जानकारी गराएको छ । विभाग परिसरमा भिडभाड हुन नदिन प्राइभेट फर्म र साझेदारी फर्म नविकरण, संशोधन र खारेजी तथा एजेन्सी नविकरणको काम भने दिनको २० वटा मात्रै गरिने तथा बजार अनुगमन, अत्यावश्यक आयात निर्यात अनुमति तथा इजाजत र मुद्धाको कार्य भने निरन्तर रहेको विभागले जनाएको छ ।

Logo