कांग्रेस संस्थापन इतर पक्षको बैठक आजपनि बस्दै

कांग्रेस संस्थापन इतर पक्षको बैठक आजपनि बस्दै

केन्द्रबिन्दु
0
Shares

संसदीय दलको एकल उम्मेदवारमा सहमति जुटाउन कांग्रेस संस्थापन इतर पक्षको बैठक म‌गलबार पनि बस्दैछ । 

सोमबार दिनभर भएका छलफलमा सहमति नजुटेपछि पुनः छलफल गर्न लागेकोे सह–महामन्त्री जीवन परियारले जानकारी दिए । संस्थापन इतर समूहमा नेता शेखर कोइराला र महामन्त्री गगन थापा संसदीय दलको नेता आकांक्षी छन् । दुवै जनाले दलको नेतामा उम्मेदवारी दिने तयारी थालेपछि उपसभापति धनराज गुरुङले सहमतिका लागि छलफल थालेका हुन् । दुवैले अडान राखेपछि सोमबारको छलफल स्थगित भएको थियो । 

अहिले बिहान ८ बजे काठमाडौंको एक होटेलमा पुनः छलफलको तयारी गरिएको छ । दुई जनाबाट एक जनालाई उम्मेदवारी बनाउने गरी तयारीमा जुटेको सहमहामन्त्री परियारले बताए । कोइराला पार्टीको १४औँ महाधिवेशनमा इतर पक्षबाट सभापतिका उम्मेदवार थिए। उनी पराजित हुँदा त्यही प्यानलबाट थापाले महामन्त्रीचुनिएका थिए ।

Skip This
Skip This
Logo