‘प्रचण्ड प्रधानमन्त्री, राष्ट्रपतिमा रामचन्द्र र माधवमध्‍ये एक’ -अर्थमन्त्री शर्मा

‘प्रचण्ड प्रधानमन्त्री, राष्ट्रपतिमा रामचन्द्र र माधवमध्‍ये एक’ -अर्थमन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहालले गर्ने बताएका छन् । 

बिहीवार शपथग्रहणपछि संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै अर्थमन्त्री शर्माले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालको नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका हुन् । उनले प्रधानमन्त्री अध्यक्ष दाहाललाई बनाउने विषयमा भने गठबन्धनमा छलफल हुन बाँकी रहेको बताए ।  

साथै अर्थमन्त्री शर्माले राष्ट्रपति राजनीतिक व्यक्ति हुने उल्लेख गर्दै बाहिर आएको चर्चाले अर्थ नराख्ने बताए । जसमा रामचन्द्र पौडेल र माधव नेपालमध्ये एक हुने सम्भावना आफूले देखेको उनको भनाई छ । 

उनले भने,‘अबको सरकारको नेतृत्व हुनेवाला प्रधानमन्त्रीले गर्नुहुन्छ । जसमा मेरो तर्फबाट प्रचण्ड हुनुहुन्छ । अरुको विषयमा गठबन्धनले के भन्छ पछि थाहा हुन्छ । नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने मेरो भनाई हो । राष्ट्रपति राजनीतिक व्यक्तित्व हुन्छ । वरिष्ठ राजनीतिज्ञ जुन पार्टीमा हुनुहुन्छ त्यही पार्टीबाट राष्ट्रपति हुनुहुन्छ । राजनीतिक व्यक्तित्व राष्ट्रपति बनाउनुपर्छ भन्ने विषयमा गठबन्धनमा छलफल भएको छ । मैले देखेको दुईजना हुनुहुन्छ । रामचन्द्र पौडेल र माधव नेपाल हुनुहुन्छ ।’ 

Logo