संसदीय दलको नेता बनेलगत्तै प्रचण्ड बालुवाटारमा, नेपाल पनि सहभागी

संसदीय दलको नेता बनेलगत्तै प्रचण्ड बालुवाटारमा, नेपाल पनि सहभागी

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चयन भएसँगै बालुवाटार पुगेका छन् ।

सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बिहीबार बसेको बैठकले अध्यक्ष प्रचण्डको नाम दलको नेतामा सर्वसम्मत गर्ने निर्णय गरेको थियो । त्यसपछि उनी प्रधानमन्त्री तथा कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । जारी छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी रहेको बताइएको छ । 

सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुने पक्कापक्की भए पनि कसले पहिले नेतृत्व गर्ने सहमति हुन बाँकी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि पुष १० गतेसम्मको समय तोकेकी छन् । 

Logo