काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले भारतीय विदेश मन्त्री जयशंकरले दिएको अभिव्यक्ति प्रधानमन्त्री ओलीको राम जन्मभूमि जस्तै भ्रमपूर्ण र मजाकिलो देखिने टिप्पणी गरेका छन् । आइतबार ट्वीट गर्दै नेता महतले त्यस्तो टिप्पणी गरेका हुन् ।
भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा शनिबार आयोजित इण्डिया एट ७५ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा जयशंकरले बुद्ध महान् भारतीय नागरिक भएको बताएका थिए ।
उनले ट्वीटरमा लेखेका छन्–‘भारतीय विदेश मन्त्रीबाट गौतम बुद्धको जन्मभूमिबारे हाल भएको गÞलत अभिव्यक्ति प्रधानमन्त्री ओलीको राम जन्मभूमि सम्बन्धी अभिव्यक्ति जस्तै भ्रमपूर्ण र मजाकिलो देखिन्छ प्रतिकृयात्मक पनि हुनसक्छ ।’
































प्रतिक्रिया