काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय विदेश मन्त्री जयशंकरको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन् । आइतबार ट्वीट गर्दै प्रवक्ता शर्माले त्यस्तो आपत्ति जनाएका हुन् ।
भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा शनिबार आयोजित इण्डिया एट ७५ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा जयशंकरले बुद्ध महान् भारतीय भएको बताएका थिए । भगवान गौतम बुद्ध नेपालमा जन्मिएका हुन भन्ने प्रमाणित गर्न अहिलेको भूभागलाई पनि हेर्न सकिने उनको भनाइ छ । उनले लेखेका छन्–‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भूभाग आजको नेपालमा रहेकोे पौराणिक र प्रमाणित तथ्य विरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रती हाम्रो गम्भीर आपत्ति छ ।’
त्यस्तै उनले नेपाल र नेपालीको संवेदनशीलतामा चोड पुर्याउने कार्य किमार्थ स्वीकार गर्न नसकिने प्रस्ट पारेका छन् । उनले थपेका छन्–‘आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पु¥याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य छैन् ।’






























प्रतिक्रिया