काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।
दुई नेताबीचको भेट ‘वान टू वान’ वार्ता भएको हो । सो भेटवार्तापछि सीले प्रचण्डसहितको उपस्थितिमा नेकपा पार्टी सचिवालयका सदस्यहरुसँग सामूहिक भेट गरेका थिए।
सचिवालयका सदस्यहरुसहितको सामूहिक भेट्नुअघि बिहान साढे १० बजे प्रचण्डले सीसँग ‘वान टू वान’ भेट गरेका हुन्।
प्रकाशित: २६ असोज २०७६ ११:५२ आइतबार