सरकार गठनका लागि राष्ट्रपतिसँग थप समय माग्ने तयारी

सरकार गठनका लागि राष्ट्रपतिसँग थप समय माग्ने तयारी

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ गठबन्धनले सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसँग थप समय माग्ने तयारी गरेको छ ।

संविधानले धारा ७६ (२) अनुसार राष्ट्रपतिले दिएको समय भोलि सकिँदै छ । सो समयभित्र गठबन्धनले सरकार बनाउन सहमति जुटाउन नसक्ने भएपछि थप समय माग्ने तयारी गरेको हो । संविधानले प्रतिनिधिसभा सदस्यको परिणाम आएको एक महिनाभित्र गठनको आह्वान गर्न भनेको छ । सोही अनुसार गठबन्धनले राष्ट्रपतिबाट पाएको १० दिनको समय भोलि सकिँदै छ ।

बालुवाटारमा जारी गठबन्धन बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल जारी राख्ने र राष्ट्रपतिसँग थप समय माग्न आग्रह गर्ने शीर्ष नेताहरूलाई भनेका छन् । गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री दाबी गरेपछि सहमति जुट्न सकेको छैन । माओवादीले सरकारको नेतृत्व आफूले गर्नुपर्ने बताउँदै आएको छ । पहिलो दल भएका कारण कांग्रेसले पनि आफ्नो दाबी कायम नै राखेको छ ।

अहिले शीर्ष नेताहरू बालुवाटारमा छलफलमा छन् ।

Skip This
Skip This
Logo