स्वास्थ्य सेवा–राष्ट्रिय अभियानमा सरकारको साथ रहन्छः प्रधानमन्त्री

स्वास्थ्य सेवा–राष्ट्रिय अभियानमा सरकारको साथ रहन्छः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा–राष्ट्रिय अभियानका सरकारको साथ रहेको बताए ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९८औँ जन्मोत्सवको अवसरमा कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आज ललितपुरको बाडेगाउँमा आयोजना गरेको अभियानको उद्घाटन गर्दै उनले सरल र निस्वार्थी नेता भट्टराईको नाममा सुरु भएको  अभियानमा सरकारको सधैँ नै साथ र सहयोग रहने बताए । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले अभियान गोदावरी नगरपालिकाबाट सुरु गर्न पाएकामा खुसी व्यक्त गरे । उनले अभियान एक पवित्र र सन्तनेता भट्टराईको आश्रमबाट सुरु भएर प्रविधिका माध्यमबाट मुलुकभर पुग्ने बताए ।

प्रतिष्ठानका अध्यक्ष पीएल सिंहले ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए ।

Skip This
Skip This
Logo