नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूहरूसँग सल्लाह नगरी बालकोट पुगेको बताएका छन् ।
पार्टीका नेताहरूसँग अध्यक्ष नेपालले आइतबार यस्तो बिफ्रिङ गरेका हुन् ।
सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी गठबन्धन टुटेपछि अन्याेलमा परेको छ । नयाँ सरकार गठनमा एमाले-माओवादी सहकार्य हुने भएपछि नेकपा एस अलपत्र परेको हो । यद्यपि, यथास्थितिमा एमालेसँग कुनै सहकार्य नहुने अध्यक्ष नेपालको बिफ्रिङ छ । उनले अब कांग्रेससँगकाे सहकार्य टुङ्गिएकाे पनि साे क्रममा बताए ।





























प्रतिक्रिया