नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेश गरेका छन् ।आइतबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर अध्यक्ष प्रचण्डले सात दलका १६६ सांसदसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।
गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा कुनै एक दलको बहुमत नआएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न दिएको एक साताको समय आजसम्मका लागि थियो । त्यसैबीच अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेश गरेका हुन् ।
सरकार बनाउन बहुमतका लागि १३८ सीट आवश्यक पर्छ । तर, नयाँ बनेको यस गठबन्धनमा एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ सांसद गरेर कुल १६६ सांसद् रहेका छन् ।





























प्रतिक्रिया