एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउँछाैँ -प्रधानमन्त्री प्रचण्ड

एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउँछाैँ -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव कुमार नेतृत्वको एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउन सकिने बताएका छन् । 

सोमबार बिहान पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीलाई आफू नेतृत्वको सरकारमा सहभागी गराउन सकिने बताएका हुन् । तर, उनले वर्तमान गठबन्धनबारे एकीकृत समाजवादीको धारणा भने बुझ्न बाँकी रहेको बताएका थिए । 

तर, एकीकृत समाजवादीले भने सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ । आफूहरुसँग छलफल नै नगरी एमालेलगायत दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेको भन्दै रुष्ट रहेका माधव पर्ख र हेरको अवस्थामा छन् ।  

Logo