नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै ३ जना उपप्रधानमन्त्रीहरुले शपथ लिने भएका छन् ।
उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शपथ लिने भएका हुन् । सोमबार संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकले तीन जनालाई उपप्रधानमन्त्री बनाउने सहमति गरेको थियो ।
गठबन्धनको छलफलपछि प्रतिक्रिया दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले भने- ‘उपप्रधानसहित गृहमा मेरो दाबी हो । जिम्मेवारी वाँडफाँटका सवालमा प्रधानमन्त्रीलाई जिम्मा छोडेका छौं ।’
अध्यक्ष प्रचण्डसहित उपप्रधानमन्त्रीहरुको शपथ अहिले दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा हुँदैछ ।





























प्रतिक्रिया