नवनियुक्त गृहमन्त्री रवि छामिछानेले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहण लगत्तै मन्त्रालय पुगेर लामिछानेले पदभार ग्रहण गरेका हुन् ।
पदभारका क्रममा उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछानेले निर्मला पन्तको बारेमा गृह सचीव बिनोद सिंहसँग जिज्ञासा राखेका थिए । उनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मलाको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् ।
लामिछानेले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव सिंहलाई यसको फाइल बनाउनसमेत निर्देशन दिएका छन् ।































प्रतिक्रिया