नयाँ सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको पहिलो बैठकले सूचना तथा सञ्चारमन्त्रीको नियुक्त नभएसम्मलाई लामिछानेलाई प्रवक्ता जिम्मेवारी दिने निर्णय गरेको हो ।
साथै बैठकले सार्वजनिक सेवा प्रवाहलाई कम खर्चिलो र झन्झटमुक्त बनाउने तथा अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर, विदेशी मुद्रा सञ्चिति एवम् पूँजी बजारमा आएका गिरावटलाई गतिशील बनाउने निर्णय पनि गरेको छ ।































प्रतिक्रिया